अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस



काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेका छन् ।

सह-संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिए । ‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाही अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमासमेत उभिएको आरोप लगाइएको छ ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्