प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, साढे ६ बजे सपथ



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ । यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,’ थापाले भने । मन्त्री हुने सबै पूर्वमाओवादी हुन् ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्