चिनियाँ राजदूत र नेकपा अध्यक्ष नेपालबीच भेट



काठमाडौंः नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छी र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाइएको छ । दुई मुलुकबीच आपसी हितका विषयमा पनि छलफल भएको नेकपा केन्द्रीय सदस्य रिजालले बताए ।

यसअघि चिनियाँ राजदूत यान्छीले बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन् भने मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्