सुन तोलामा ७ सयले बढ्यो



काठमाडौं : साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य सोमबार वृद्धि भएको छ । नेपाल बजारमा सोमबार सुनको मूल्य प्रतितोता ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन ९४ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार ९३ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्