सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एक सयले वृद्धि भएको छ ।

बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १३ सय ५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित : पुस १५, २०७७

प्रतिक्रिया दिनुहोस्