भारतमा थप ५ जनामा नयाँ स्वरुपको कोरोना संक्रमण पुष्टि



काठमाडौं : भारतमा थप ५ जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै भारतमा कोभिडका नयाँ संक्रमितको संख्या कम्तीमा पनि २५ पुगेको जनाइएको छ ।

उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको छ । (कोेभिड-१९) को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो ।

बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्ता मात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशितः १६ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्