अभिनेत्री रौतेलाको १५ मिनेटको पारिश्रमिक ४ करोड !



काठमाडौं : बलिउड अभिनेत्री उर्वशी रौतेलाले एक होटलको पार्टीमा १५ मिनेट दिएको प्रस्तुतिको पारिश्रमिक ४ करोड लिएकी छिन् ।

सन् २०२० को अन्तिम रात डिसेम्बर ३१ मा दुवईको फाइभ स्टार होटल प्लाजो वर्ससमा आयोजाना गरिएको उक्त पार्टीमा १५ मिनेटको प्रस्तुति दिए वापत ४ करोड पारिश्रमिक उनले लिएकी हुन् ।
उक्त कार्यक्रमकाबारे सामाजिक सञ्जालमासमेत उनले पोष्ट गरेकी थिइन् । प्रस्तुतिका क्रममा अभिनेत्री रौतेलाले आफ्ना फ्यानहरुसँग साक्षात्कार गरेकी थिइन् ।

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्