ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



डोटी : जिल्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा शिखर नगरपालिका–१० बानेडुग्रीसैन घर भएका भक्त बलायरको मृत्यु भएको हो ।

गाउँमा मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज प्रहरी सहायक निरिक्षक भाष्कर पन्तका अनुसार ट्याक्टरमा रहेका अर्का एक जना सामान्य घाइते भएका छन् । ट्याक्टर भीरबाट २ सय ५० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्