फिल्म ‘कौसीद’को शुभारम्भ, माघ १ गतेदेखि छायांकन हुने



काठमाडौं : फिल्म ‘कौसीद’ को चावहिलस्थित गणेशस्थान मन्दिरमा शुभारम्भ गरिएको छ ।

हिजो शुभारम्भ गरिएको फिल्म ‘कौसीद’ को आगामी माघ १ गतेदेखि छायांकन शुरु हुनेछ । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजा गरी फिल्मको शुभारम्भ गरेका हुन् ।

चलचित्रकर्मी केशव पाण्डेले मुहुर्त शटको क्ल्याप पर्काएसँगै मुहुर्त सिन खिचिएको थियो भने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । मुख्य भूमिकामा भोलाराज सापकोटा, ऋचा शर्मा रहने छन् भने बाँकी कलाकारहरूको लागि अडिसन लिएर प्रतिभा अनुसार चयन गरिएको हो ।

मध्यम वर्गीय व्यक्तिको सामान्य जीवनयापन सहज तरिकाले चलाउन कस्तो बाधाको सामना गर्नुपर्छ । त्यसको सामाना गर्दै अघि बढिरहेको परिवारको लागि मुख्य पात्रले गर्नु परेको नैतिक संघर्ष र सम्झौता फिल्मको केन्द्रिय द्वन्द रहेको कुरा बड पिक्चर्सका संस्थापक तथा फिल्मका कार्यकारी निर्माता दिमेश श्रेष्ठले बताए ।

औठा छापसहितको फिल्मको टीजर पोष्टर पनि लन्च गरिएको छ । टीजर पोष्टरअनुसार नव विजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मको पट्कथा लेखेका छन् भने लक्षमण बानिया सह निर्माता हुन् ।

फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा. निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराई, सदिक्षा गौतम, सन्दीप लोहनी, विजय सुब्बा, कमल मण्डललगायत छन् । फिल्मको छायांकन निश्चल पौडेलले गर्ने छन् ।

प्रवेशराज पंगेनिको अवधारणामा शुरु भएको फिल्मलाई मित्र डि.गुरूङले सम्पदान गर्ने छन् भने कलर र भिएफएक्स सुदिप पाण्डेले गर्ने प्रोडक्सन म्यानेजर राजकुमार श्रेष्ठले बताए । उनकाअनुसार बिपिन स्थापितले साउण्ड सुपरभाइजिङ गर्ने छन् भने मनि रत्न त्रिपाठीले साउण्ड डिजाइन गर्ने छन् ।

गीरिश-रोशनले ब्याक ग्राउण्ड म्यूजिक दिने छन् भने असिसटेन्ट सिनेम्याटोग्राफरका रूपमा उमेश अधिकारी, प्रविण लिम्बु, निशान्त बस्नेत, सुशान्त केसी रहने छन् । संजोग रसाइलीले कास्टिङ डाइरेक्ट गरेका छन् भने प्रोडक्सन कन्ट्रोल आशिष पुडाशैनीले गर्ने छन् ।

चिफ एसिसटेन्ट डाइरेक्टर नारायणा उपाध्यायको रहेको फिल्मको अन्य असिसटेन्टमा डायरेक्टर किशोर केसी, डिम्पल राजथला रहेका छन् । ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटीका साथ रहेको फिल्मका पब्लिसिटी डिजाइनर रोयल भिमसेन तथा सोसल मिडिया टिममा विबेण सिजारी तथा बिबेक खकुरेल रहेका छन् ।

सुजन परियारले कस्ट्यूम डिजाइन रहेको फिल्मको फोटोग्राफर बसन्त गौतम रहने छन् । कोरोनाका कारण झण्डै १० महिना बन्द रहेको फिल्म छायांकन सरकारले फुकुवा गरेसँगै झण्डै ३ दर्जनभन्दा बढी माघदेखि फ्लोरमा जाने छ ।

प्रकाशित :१८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्