ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एकको मृत्यु, दुई घाइते



बैतडी : धनगढीबाट बझाङतर्फ गइरहेको ट्याक्टर बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार बिहान २ बजे बिना नम्बरको अनटेस्ट ट्याक्टर जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाँजपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परि बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । चालक महराको दुबै खुट्टा भाँच्चिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।

घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २०, २०७७

प्रतिक्रिया दिनुहोस्