निर्माता मनोज कार्कीको नयाँ गीत ‘मुनामदन–२’ सार्वजनिक



काठमाडौं : निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन–२ को म्युजिक भिडियोको बिमोचन भएको छ ।

सामाजिक अभियन्ता समेत रहेका कार्कीको सो म्यूजिक भिडियो शनिबार काठमाडौं बानेश्वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच बिमोचन गरिएको हो ।

गायक जनक बिबश न्यौपाने र गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित गायक जनक बिबश न्यौपानेकै रहेको छ ।

राजु कार्कीको एरेन्ज रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र नवनायिका याङसु श्रेष्ठको अभिनय रहेको छ ।

जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । अभि वाग्लेको कोरियोग्राफी रहेको उक्त गीतलाई मनोज कार्कीले निर्माता रहेको छ ।

भिडियो जनक बिबश न्यौपाने युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित : पुस २०, २०७७

प्रतिक्रिया दिनुहोस्