बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते



काठमाडौं : बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अन्य ७ जना घाइते भएका छन् । बुधबार साँझ निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि – ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दुर्घटनामा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवीनगरका पाँच वर्षीय सत्य लोहार घाइते भएका छन् ।

कुलपूजाका लागि बाहुन गाउँ गएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले प्रहरी निरीक्षक भण्डारीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्