चार पूर्वप्रधानन्यायाधीशलाई सूर्य थापाले भने : यसरी गति नछाडिदिए हुन्थ्यो



काठमाडौं : प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दाको विषयमा गति छाडेको टिप्पणी गरेका छन् । शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको दाबी गरेका छन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला ।’

उनले रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनवाई प्रभावित पार्ने अभिप्रायले संयुक्त वक्तव्य जारी गरेको बताउँदै संवैधानिक प्रावधानका हिसाबले यो पूर्णतः गलत भएको उल्लेख गरेका छन् ।

यो कामले अराजकता र भिडतन्त्रको पैरवीलाई प्रोत्साहन तर्क गर्दै उनले यस्तो अभ्यास संसारमा कतै नभएकोसमेत दाबी गरेका छन् । साथै थापाले चार पूर्वप्रधानन्यायाधीशको वक्तव्यलाई असंवैधानिक भनेका छन् । उनले संविधानको भाग ११ न्यायपालिका सम्बन्धी व्यवस्थाको बर्खिलापमा यो वक्तव्य आएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्