मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



जनकपुरधाम : महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

महोत्तरीको मनराशिस्वा नगरपालिका वडा नं.१ स्थित मनरातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका २२ वर्षीय रबिन्द्र पासवान हुन् । मोटरसाइकल अनियन्त्रित भएर लड्दा गम्भिर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दै बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल चलाउने भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका सरोज पासवान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित :२५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्