पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपाी शर्मा ओलीले पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताए । आज सामाजिक सञ्जाल ट्वीटमा उनले लेखेका छन्,’ नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उनको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु ।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको भन्दै स्मरण गरिन् । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं.१७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्