पुर्नकर्जाका लागि आवेदन माग



काठमाडौं : नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुर्नकर्जाक लागि आवेदन माग गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै बैंकले पुर्नकर्जाका लागि आवेदन माग गरेको हो । पहिलो पटक प्रकाशित गरेको सो सूचनाका अनुसार लघुवित्तहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले आवेदन दिँदा विभिन्न नियमहरु पालना गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । लघुवित्त कम्पनीहरुले आफनो पुँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुर्नकर्जा आवेदन दिन सक्ने, अघिल्लो त्रैमासको पुँजीकोषको अनुपात राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने, पुँजी योजनाअनुसार चुक्ता पुँजी पुगेको हुनु पर्ने, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा सीईओ कारवाहीमा नभएको हुनुपर्ने लगायत शर्तहरु पालना गर्नुपर्ने उल्लेख छ ।

पुर्नकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणिको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन हुनु पर्ने सर्त पनि राष्ट्र बैंकले राखेको छ । रितपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने गरिने जनाएको छ ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्