सिरियामा हवाई आक्रमण, कम्तीमा २३ जनाको मृत्यु



काठमाडौं : पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी गरिएको आक्रमण हो ।

इजरायलले पूर्वी डेइर एज जोरदेखि सिरिया-इराकी सीमाको अल-बुकमाल मरुभूमिसम्मको क्षेत्रमा आक्रमण गरेको थियो । बेलायतस्थित नियामनकारी संस्थाका अनुसार मारिनेमा सात जना सिरियाली सेना रहेका छन् भने बाँकी १६ सेना कहाँका हुन् भन्ने खुल्न सकेको छैन ।

उक्त आक्रमणमा परी थप २८ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ । यो आक्रमणबारे जानकार अमेरिकी गुप्तचर संस्थाका अधिकारीले यो क्षेत्रमा इरानी हतियार भण्डारणको लागि काम भइरहेको कारण अमेरिकाको सहयोगमा इजरायली सेनाले आक्रमण गरेको हो ।

यस विषयमा इजरायली सेनाले भने कुनै प्रतिक्रिया दिएका छैन । सिरयाको स्थानीय समाचार एजेन्सी सानाका अनुसार बुधबार बिहान एक बजे आक्रमण भएको हो ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा

काठमाडौं । भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा

काठमाडौैं : पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क

नेपालगञ्ज : बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन

काठमाडौं : नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको भारतीय कोरोनाविरुद्धको खोप उपलब्ध भएको दुई

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन

काठमाडौं : पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

खलङ्गा : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जनाएको

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक