११ एसपी एसएसपीमा बढुवा (नामसहित)



काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।


त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्