शंकास्पद लागुऔषधसहित एक दम्पत्ती पक्राउ



झापा : झापाको मेचीनगरबाट शंकास्पद लागुऔषधसहित एक दम्पत्ती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता नायवउपरीक्षक राकेश थापाका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर जस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।

त्यस्तै, परम्परागत ब्राउनसुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ । यस्तो प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रवक्ता थापाका अनुसार झापाकै बुद्धीशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तुसहित विभिन्न व्यक्ति पक्राउ परेका छन् । सो ठाउँका दिनेश कुमालबाट पनि ब्राउनसुगर जस्तै ४ ग्राम लिसाईलो बस्तु बरामद भएको थियो ।

नगद ४ हजार र सो वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँका ४३ वर्षीय शेशराज सापकोटाको घर खानतलासी गर्दा लिसाईलो बस्तु भेटिएको र कोडिन, नाईट्रोजनलगायतका लागुऔषधसहित उनको घरबाट १० ग्राम शंकास्पद बस्तु फेला परेको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्