देश चुनावमा गइसक्यो : मन्त्री रायमाझी



बुटवल : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपवहादुर रायमाझीले देश चुनावमा होमिएको दाबी गरेका छन् । उनले सरकारले अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै सबै राजनीतिक शक्तिहरु चुनावमा जानुको विकल्प नरहेको बताए ।

रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले अब सडक होइन चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह समेत गरे ।
उनले पार्टी भित्रैबाट सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन सरकारले प्रतिनिधि सभा भंग गर्न बाध्य भयको तर्क गरे ।

‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खालको खेल सुरु भयो । जसले अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो । त्यसकारण संसद विघटन गर्ने काम भयो । यो वाध्यात्मक अवस्था पनि हो,’उनले भने, ‘यसको दोष प्रतिपक्ष अरु कोहि होइन सत्ता पक्षकै प्रचण्ड माधब हुन ।’

मिलिनियम च्यालेन्ज करपोरेशन ९एमसिसी० का बारेमा बोल्दै उर्जामन्त्री रायमाझीले आफू एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने पक्षमा आफू रहेको बताए । ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अव बस्नु हुँदैन्,’ उनले भने । एमसिसीका बारेमा आफूले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने समेत बताए ।

उर्जामन्त्री रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी उनको थियो । ‘उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना मैले तयार गरेको हुँ । त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको थिए । तर अन्तिम समयमा सरकार ढल्यो । त्यसको जस अर्कैले लियो,’ उनले भने ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्