मोटरसाइकल जिपमा ठोक्किंदा २ जनाको मृत्यु



झापा : झापामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाउँपालिका ४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो । जिप चालक बुद्धशान्ति गाँउपालिका ७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्