देश भ्रष्टाचारमय छ : गौतम



काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताए । उनले देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको बताए ।

भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि लागू हुन नसकेको उनले बताए । गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने बताए । राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने जनाए ।

उनले एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्