पार्टी एकताको सम्भावना छैन : नेपाल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको बताएका छन् ।

संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताए । उनले ओलीलाई दम्भले भरिएको मान्छे भएको समेत बताए ।

अध्यक्ष नेपालले ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको भन्दै अब मिल्ने सम्भावना नरहेको बताए । उनले भने उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो । प्रधानमन्त्री ओलीले सत्ताको दुरुपयोग गरेको नेपालले बताए । नेपाले आलीले आफूलाई कामचलाउ होइन भनिरहेका छन् यदि ओली कामचलाउ होइन भने अवैधानिक प्रधानमन्त्री भएको बताए ।

प्रकाशित : २ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्