प्रदेश १ का मुख्यमन्त्रीको विवाह माघ ११ गते हुँदै



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यहि माघ ११ गते विवाह हुने भएको छ ।

उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् ।

उनले भने, “विवाहको मिति तय भइसकेको छ, काठमाडौंबाट हुँदै छ ।” विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुने तय भएको छ ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेका छन् ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्