चलचित्र विकास बोर्डद्वारा प्रदेश २ मा अध्ययन समिति गठन



काठमाडौं । चलचित्र विकास बोर्डले प्रदेश २ मा चलचित्र छायाङ्कनस्थल निमार्णको सम्भाव्यता अध्ययन गर्न सात सदस्यीय समिति गर्न गठन गरेको छ ।
समितिको संयोजकमा नरेन्द्र महर्जन छन् भने सदस्यहरुमा नन्दु श्रीवास्तव, सुभाष गजुरेल, विजय यादव, छुल्ठीम गुरुङ्ग नाजोराम भगत र निता बिम्ब छन् ।
नेपाल सरकारको चालु आर्थिक वर्ष २०७७÷०७८को बजेट वक्तव्यलाई ध्यानमा राखेर कार्यक्रम कार्यन्वयन गर्न ७ वटै प्रदेशमा उपयुक्त चलचित्र छायाङ्कनस्थालहरुको अध्ययन गरी प्रतिवेदन तयारी गर्ने योजनाअनुरुप उक्त समिति गठन गरिएको हो ।
जसअनुसार प्रदेश २ मा छायाङ्कनस्थलको पहिचान एवं स्थानीय तथा सरोकारवालाहरुसंँग समन्वय गरी प्रदेश सरकारको सम्बन्धित निकायको प्रतिनिधित्व रहने गरी समिति गठन भएको बोर्डले जनाएको छ ।
गठित समितिले ‘लोकेशन गाइड पुस्तक’लाई आधार मानेर सडक, विजुली, सञ्चारको पहुँचलाई पा्रथमिकतामा राखी प्रतिवेदन तयार गर्ने, स्थानीय सरोकारवाला व्यक्तिसँंग समन्वय गरी कार्य गर्ने तथा राय सुझाव लिने र प्रदेश २ मा रहेका सार्वजनिक तथा सरकारीस्थललाई मध्यानजर गर्दै सम्भाव्यता चलचित्र छायाङ्कनस्थलको अध्ययन, अनुसन्धान र अवलोकन गरी छनोटका लागि चलचित्र विकास बोर्डमा सिफारीस गर्ने जनाएकाृे छ ।

प्रतिक्रिया दिनुहोस्