घरमा श्रीमती मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ



मकवानपुर : मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ स्थित भालङटारमा एक महिला घरभित्रै मृत फेला परेकी छिन् ।

सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको हो ।

घटना संकास्पद देखिएको र प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको संलग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्