प्रदेश १ को प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित



मोरङ : प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । आज भएको हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको जनाइएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित भएको हो ।

नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । नेकपा विभाजनसँगै विभिन्न प्रदेशका सरकार संकटमा परेको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट देखिएको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्