आज ३१८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल १७२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १६५जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ६० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३२ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्