रौतहटका सबै वडामा काँग्रेसको विरोध प्रदर्शन



रौतहट : नेपाली काँग्रेसले बिहीबार रौतहटका १५७ वटै वडामा विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार रौतहट जिल्लाभरनै सो पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका स्थानीय नेता कार्यकर्ताले सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया, गरुडा, फतुवा विजयपुर, गुजरा, देवाही गोनाही, मौलापुर, बौधिमाईलगायत १८ वटै पालिकाको सबै वडामा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरुद्धमा जिल्लाका १५७ वटै वडामा प्रदर्शन गरिएको र संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्