इजलासमा प्रधानन्यायाधीश राणाको ठट्टा !



काठमाडौं : वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्ने प्रसंग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको थियो ।

एक लेखकको किताबको चर्चा गर्दै न्यौपानेले यसो भनिरहँदा इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुसुमुसु हाँस्दै ठट्टा गरे, ‘अहिले त प्रविधिले त्यो पनि सम्भव बनाइदिएको छ, पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन लिंग परिवर्तन पनि सम्भव भएको छ नि !’ त्यसपछि इजलासमा एकैछिन हाँसोको फोहोरा छुट्यो । प्रधानन्यायाधीशले ‘केवल ठट्टा मात्र हो’ भनेपछि हाँसो मत्थर भएको थियो ।

यतिबेला प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार हो वा होइन भन्नेमा बहस केन्द्रित भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बिहीबार यसमै केन्द्रित भई कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न गरिए ।

कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशन नभएको विषय उठाए । मन्त्रिपरिषद्को सिफारिसबमोजिम पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशन नभएको प्रश्न निवेदकका कानुन व्यवसायीको छ । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १

काठमाडौँ : एसीड आक्रमणमा परेकी वीरगंज निवासी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने

एजेन्सी : टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी

काठमाडौँ : विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ

गुल्मी : गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं : राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल

काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले