वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौं : प्रधानमन्त्री ओली



काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्दै अलिअलि मान्छे जम्मा गरेको भनेका छन् ।

बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने,‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं, खुट्टी देखेरै पत्याइयो ।’ कार्की ब्यांकवेटमा जम्मा भएका केही सय कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्षसमेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरे छन् ।’ संसद पुनः स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्