राजपत्रको आधिकारिकताबारे सर्वोच्चमा प्रश्न



काठमाडौं । संसद विघटनबारे राजपत्रमा छापिएको सम्बन्धित सूचनाको आधिकारिकताबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले प्रश्न उठाएका छन् ।
संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकतामाथि गत बिहीबारको बहसका क्रममा अधिवक्ताद्वय ओम प्रकाश अर्याल र टिकाराम भट्टराईले प्रश्न उठाएका थिए । पुस ५ गते संसद विघटन भएपनि संवैधानिक इजलासमा प्रश्न उठेपछि उक्त सूचना जारी भएको भन्दै महान्यायधिवक्ता अग्नि खरेलले आलोचना गरेका थिए ।
आइतबार सर्वोच्चको संवैधानिक इजलासमा बहस सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले त्यसबारे प्रश्न उठाएका थिए। यस्तै, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता श्रेष्ठको निवेदन राखेको बताउँदै उक्त विषयमा प्रवेश नगर्न भन्दै रोकेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका दर्जन बढी रिट निवेदनबारे सर्वोच्चको संवैधानिक इजलासमा गत आइतबारदेखि निरन्तर बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्