भारतको ७२ औं गणतन्त्र दिवस नेपालमा पनि मनाइयो



काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ ।

सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउँदै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको दूतावासले जनाएको छ ।

राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका सहभागि भएका थिए ।सो समारोहमा पूर्व राष्ट्रपति रामवरण यादवले ”Sampark-India-Nepal Alumni Network’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका छन् ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने पु¥याउनुभएको योगदानलाई कदर गर्दै सम्मान पनि गरिएको छ ।

भारतीय राजदूतावासद्वारा आयोजित ‘Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको पनि दूतावासते जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्