काठमाडौं महानगरद्वारा मतदाता नामावली अद्यावधिक गर्न आग्रह



काठमाडौं : काठमाडौं महानगरपालिकाले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आग्रह गरेको छ ।

माघ १६, १७ र १८ गते मतदाता नामावली अद्यावधिक गर्न महानगरले आग्रह गरेको हो । नामावलीमा त्रुटि भए, हटाउनुपर्ने वा दाबी विरोध गर्ने भए राष्ट्रिय सभा गृहमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

आजको महानगरपालिका प्रमुखको संयोजकत्वमा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा प्रचार–प्रसार समितिसहितको बैठकले १५ गते नामावली प्रकाशन गर्ने सहमति गरेको हो । सरकारले वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरेपछि महानगरपालिकाले मतदाता नामावली अद्यावधिक गरेको हो ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्