सभामुख सापकोटाको रिट निवेदनमाथि सुनुवाइ जारी



काठमाडौं : असंवैधानिक तवरले विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेका रिट निवेदनमा सुनुवाइ भइरहेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ भइरहेको हो । प्रारम्भिक सुनुवाइका क्रममा अहिले सभामुख सापकोटाका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ लगायतका कानुन व्यवसायीले बहस गरिहेका बतााइएको छ ।

कानुन व्यवसायीको बहस सकिएपछि इजलासले आदेश सुनाउने छ । रिट निवेदनमा सभामुखले संवैधानिक निकायमा नियुक्त गरिएका पदाधिकारीलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ । असंवैधानिक तवर गरिएको नियुक्ति तत्काल नरोकिए संविधानको औचित्य नै समाप्त हुने भन्दै उनीहरुले अन्तरिम आदेश जारी गरेर सरकारलाई छलफलमा बोलाउनुपर्ने माग गरेका छन् ।

गत साता विभिन्न ११ संवैधानिक आयोगमा ३२ पदाधिकारी नियुक्त भएका थिए । परिषद सदस्यलाई जानकारी नै नदिएर नियुक्ति गरिएको, संसदीय सुनुवाइ नभएको र सत्ताको आडमा जबर्जस्ती शपथग्रहण गराएर पदबहाली गरिएको सभामुखको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्