सिंहदरबारनजिकै प्रदर्शन : केपी ओली आइ हेट यू



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका विद्यार्थीले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सिंहदरबारनजिकै हनुमानस्थानमा नारा जुलुस गर्दै विद्यार्थीले प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

केही दिनअघि ओली पक्षका युवाले मार्च गर्दै ‘केपी ओली आइ लभ यू’ भनेर नारा लगाएका थिए। आइतबार नारा लगाउने विद्यार्थीले त्यसको प्रतिवाद गर्दै ‘केपी ओली वि हेट यू’ भनेका छन्। विद्यार्थीले बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेका थिए। तर, पूर्वनिर्धारित कार्यक्रम स्थान परिवर्तन गरी हनुमानस्थानमा विरोध प्रदर्शन गरेको हो।

अखिलले प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने गरी आइतबारका लागि कार्यतालिका तय गरेको छ। प्रधानमन्त्री कार्यालयमा विरोध पत्र बुझाउन हिँडेका उनीहरूलाई प्रहरीले रोकेको छ।

प्रतिक्रिया दिनुहोस्