बेसहाराको सहारा बनेका दुर्गानाथ




सामाजिक कार्यलाई पेशा जस्तै ठानेर दुर्गानाथ दाहाल विगत ५ वर्ष देखि समाज सेवामा रमाईरहेका छन् । उनी भूकम्प पछि आफ्नो लाखौँको व्यापार व्यवसाय छोडेर समाज सेवामा निरन्तर लागिरहेका हुन् ।

न्युरोड र जोरपाटीमा लुगाको व्यापार व्यवसाय गर्दै आएका उनले माछापोखरी फुटुङस्थित आफ्नै नवजीवन परोपकार समाज स्थापना गरी अहिले २१ जना बृद्ध आमा वुवालाई सहारा दिदैँ आएका छन् भने सडक पेटीका सयौँ रोगीहरुलाई अस्पतालसम्म पु¥याएर निको बनाएका छन् ।

उनले मानिसलाई मात्र होइन सडक, खालीचौर आदिमा छोडिएका पशुपन्छिलाई पनि त्यतिकै आश्रय दिदैँ आएका छन् । बाटो डिँड्दा डिड्दैँ कोही बिरामी, चोटपटक लागेको जनावर र असहाय मानिस देखे उनी त्यहिँ औषधि लगाइ दिन्छन् । उनी भन्छन्–‘यो पृथ्वी हाम्रो मात्र हाइन सम्पूर्ण प्राणी जगतको पनि हो ।’ सबै पशुपक्षिको बाँच्न पाउने उतिकै अधिकार छ ।

लकडाउनको अवधि भर उनले २८ हजार मानिसलाई खान खुवाउने र ९ सय घरपरिवारलाई खाद्यान्न वितरणका साथै ८५ जना भन्दा बढि मानिसहरुलाई औषधि उपचार गराइसकेका छन् । उनी आनन्द र आत्मसन्तुष्टिको लागि समाज सेवा गर्न आएको बताउँछन् । उनी थप्छन्, “तपाईलाई सल्लाह हजारौँले दिन सक्छन् तर सहयोग गर्ने मध्ये एक–दुई जना मात्र भेटिन्छन्, त्यसैले बेसाहाराको सहारा बन्नु नै ठूलो धर्म हो ।’

अहिले परोपकार समाज नेपालीहरुको सहयोगमा चलिरहेको छ । विभिन्न जन्मदिनको अवसर, बार्षिकोत्व, आमाबुवाको तिथि पारेर आश्रममा खाना खाजा खुवाउन आउनेहरुको सहयोगमा संस्था चलिरहेको उनी बताउँछन् । साथै स्कूल, कलेजका विद्यार्थीहरुले बेला बेलामा सहयोग गर्न आइरहने उनी बताउँछन् ।

आमाबुवालाई खुवाउन दुःख छैन, तर आश्रम भएकै ठाउँमा बालमैत्री, पशुपक्षिमैत्री र ध्यान गर्न मिल्ने हल सहितको ६ रोपनी ५ आना जग्गामा ठूलो आश्रम बनाउन चाहन्छौँ, त्यसका लागि जग्गा उपलब्ध भए पनि खर्च बढि लाग्ने हँुदा सहयोगी मनहरुको भर पर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्