भारतमा हिमताल फुट्दा १५० बढी बेपत्ता भएको आशंका, नौ जनाको शव बरामद



काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा दर्जनौं ब्यक्ति बेपत्ता भएका छन् । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा कम्तीमा एक सय १५० ब्यक्ति बेपत्ता भएको जनाइएको छ । अधिकारीहरुले दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजनाको शव बरामद भइसकेको बताएका छन् ।
उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्र । ऋषिगंगा जनविद्युत आयोजनाको डयाममा कार्यरत करिब ५० जना ब्यक्ति बेपत्ता भएको उत्तराखण्डका प्रहरी प्रमुख अशोककुमारले बीबीसीसँगको कुराकानीमा जानकारी दिए । उक्त क्षेत्रबाट केही कामदारलाई उद्धार गरिएको उनले बताए ।
चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ । चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।
अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ । बाढी प्रभाबित क्षेत्रका एक ग्रामीण संजयसिंह रानाले रोयर्टससँगको कुराकानीमा बाढी तीब्र वेगले आएको र सचेत गराउने समय पनि नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्