बारा र रौतहटमा जसपाले गर्‍यो प्रधानमन्त्रीको पुतला दहन



बारा । जसपा बाराले कलैयामा आइतबार प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ ।
संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले संघिय लोकतन्त्रलाई कमजोर बनाउने खोजेको आरोप लगाउँदै जसपाले उनको पुतला दहन गरेको हो ।
कलैयाको रामजानकी मन्दिर परिसरबाट प्रधानमन्त्रीको पुलता जलाउँदै शुरु गरिएको बिरोध प्रदर्शन भरतचोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको ल्यसलाई निभाउन खोजेको थियो ।
प्रधानमन्त्री ओलीको पुतला दहनलाई प्रहरीले निभाउन खोज्दा जसपाको कार्यकर्ताहरुले त्यसलाई बचाउन खोज्दा केही बेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो ।
जसपा बाराका प्रवक्त अरुण सिँहले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए ।
यस्तै सजपाले संसद विघटनको विरुद्धमा रौतहटमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
जिल्लाको सदरमुकाम गौरमा आइतबार जसपा रौतहटले संसद पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।
संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।


पुतला दहन कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाल साह, जसपाका केन्द्रीय सदस्य एस.एस. पाण्डेय, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, विद्यार्थी संगठनका नेता उमेश यादव, ओमलोक पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्