एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउनुपरेको छ : प्रधानमन्त्री



पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालेर जनता भड्काउने काम भइरहेको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने काम भइरहेको बताएका छन् ।
आइतबार एकीकरण मार्ग कार्यक्रमको दोस्रो बृहत् सेमिनारमा प्रधानमन्त्री ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइरहेको बताएका हुन् ।
‘पहिचानको राजनीतिलाई अनुचित ढंगले उकासेर जनतालाई भड्काउने प्रयास भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले हिजो नेपालीको मेलमिलाप र विविधतामा एकताबाट एकीकृत राज्यलाई बचाउनु परेको बताए । उनले देशका कतिपयमा देशभक्तिप्रतिको भावना कम देखिएको बताए ।
‘एकीकरण एकदिनको मात्र काम होइन्, यो अनवरतको काम हो’, उनले भने, ‘हिजो एकीकरण लडाईंबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाईंबाट बचाउनु परेको थियो । आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।’
उनले एकीकरणकलाई इतिहास, पुर्खाको योगदान र राष्ट्र बचेको इतिहास बुझ्नुपर्ने बताए ।
उनले देश चिट्ठामा नपाएको बताउँदै राष्ट्र निर्माणमा पुर्खाको बलिदान गाँसिएको बताए । उनले वीर पुर्खाहरूले लडेका ऐतिहासिक, सामरिक स्थल, गढीहरू संरक्षण हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले अहिल आफूहरु कुनै किल्ला बनाउन लड्नु नपरेको भन्दै आजको काम इतिहासको संरक्षण गर्ने भएको बताए ।

प्रतिक्रिया दिनुहोस्