संसद पुनःस्थापन र चुनाव दुवै स्विकार्य : काँग्रेस उपसभापति निधि



वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन जे भएपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।
आइतबार वीरगञ्जको बगही टोलमा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।
अहिलेको अवस्थामा दुबै विकल्प रहेकोले दुबै विकल्पलाई लिएर जनताको बीचमा जानुपर्ने निधिको भनाइ थियो ।
संविधानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएकोले उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको उनले बताए ।
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधान विरोधी र लोकतन्त्र विरोधी काम भएकोले उक्त कार्यलाई सर्वसत्तावाद र अधिनायकवादको संज्ञा निधिले दिए ।
लोकतन्त्र, संघीयता, मधेसको हक अधिकारको लड्दै आएको एक मात्र पार्टी नेपाली कांग्रेस नै भएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्