ओलीले माक्र्सवादलाई अवसरवादका रुपमा बुझे : माधवकुमार नेपाल



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।
‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ मा आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् । ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धतासमेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादका रुपमा बुझेर आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले आफूहरुको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ । आफूहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यका लागि आवाज उठाइरहेकाले आफूहरुको बाटो सही रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्