प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे अस्पतालको दोस्रो विज्ञप्ति : स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे शिक्षण अस्पतालले दोस्रो विज्ञप्ति जारी गरेको छ। सोमबार साँझ ६ निकालेको प्रेस विज्ञाप्तिमा ओलीको पछिल्लो परिक्षणका रिर्पोटहरु सुधारोन्मुख  र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको हो।  यसअघि बिहान पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालले विज्ञप्ति जारी गरेको थियो।

त्यसैगरी  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तम कृष्ण श्रेष्ठले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए।

आज विहानबाट प्रम ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। डा अरुण सायमीको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा. सन्तकुमार दास प्रधानमन्त्री ओलीको उपचारमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्