गुल्मी जिप दुर्घटना, ३ जनाको मृत्यु



गुल्मी । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका अन्य घाइतेको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो । जिप सडकबाट करिब ८ सय फिट तल खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्