बिग बोस सीजन–१४ को उपाधि रुबीना दिलैकलाई



काठमाडौँ : दर्शकहरुको अनुमानलाई सही सावित गर्दै रुबीना दिलैकले बिग बोस सीजन–१४ को उपाधि जितेकी छन् । शोका सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गरेका हुन् ।

विजेता भएसंगै रुबीनाले ट्रफीसहित करिव ५८ लाख रुपैयाँ धनराशीको पुरस्कार पाएकी छिन् । रुबीना हिन्दी धारावाहिक ‘छोटी बहू’की लोकप्रिय कलाकार हुन् ।

प्रतियोगितामा गायक राहुल वैद्य फस्र्ट रनरअप भए । उनी इन्डियन आइडलको पहिलो सिजनमा समेत उप–विजेतामा सिमित भएका थिए । बिग बोसको अघिल्लो सिजन सिद्धार्थ शुक्लाले जितेका थिए ।

बिग बोस–१४ को सीजन गत ३ अक्टोबर २०२० का दिनदेखि प्रारम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्