फागुन २३ देखि ज्येष्ठ नागरिकलाई खोप दिइने : त्रिपाठी



नवलपरासी : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको उनले बताए।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको भवन आइतबार शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरेका छन्। उनले १० लाख खोप डोज नेपाल भित्रिएको पनि बताए।

मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए। ‘कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ’, उनले भने।
फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट–दुम्किबास सडक निर्माणका लागि केन्द्रीय योजनाका रुपमा सरकारले प्राथमिकता दिएको बताए। सो सडकका लागि बजेट विनियोजन भई काम शुरुआत भइसकेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नवलपरासी : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै

विराटनगर : मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन्

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं : नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले संसद् विघटनविरुद्ध परेको रिट निवेदन विचाराधीन रहेका