झा दम्पती बेपत्ता, जनकपुर–जलेश्वर सडक अवरुद्ध



महोत्तरी : महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयवासीले मंगलबार यातायात अवरुद्ध गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर सडकमा गाडी ठप्प पारेका हुन् ।

सोमबार राति घरमै सुतेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवी बिहान नभेटिएको परिवारले जनाएको छ । राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको झाका नाति सुजितकुमारले दाबी गरे । घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको उनको भनाइ छ।

दुवै जना सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । ‘दुवै जनाको खोजी भइरहेको छ,’ उनले भने । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । स्थानीयका अनुसार झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ । जग्गावालासँग झाको विवादसमेत भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि

काठमाडौँ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित प्रदेश एककै पहिलो सामुदायिक रेडियो सोलु एफएमको

काठमाडौँ : सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई

काठमाडौं : कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले संसदीय सुनुवाइबिना गरिएको संवैधानिक निकायका पदाधिकारी

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित भएका छन् । आइतबार सेतो

याङ्गुन : म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको