पहिले घर अनि विहे : नायक शाह



काठमाडौं : अभिनेता पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे । यो घरमा पलले २ वटा टहरा निर्माण गरेका छन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् । लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ ।पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’

पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र

बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार

परासीः स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन्

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट