अदालतको क्यान्टिनबाट दुई थुनुवा फरार



विराटनगर : प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई ५/५ दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रूपमा लिएर अनुसन्धान थालिएको छ,’ डीएसपी राईले भने । खाजा खानुअघि उनीहरूले प्रहरीको मोबाइल मागेर फोन पनि गरेका थिए । फोनमार्फत सम्पर्कमा भएका व्यक्तिलाई बोलाएर उनीहरू प्रहरीकै ‘सेटिङ’मा भागेको हुन सक्ने पक्षबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याद थप गर्न लिएर जाने प्रहरीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘म्याद थप गर्न थुनुवा लिएर गएका र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालेका छौं,’ उनले भने, ‘छानबिनपछि सबै कुरा बाहिर आउँछ ।’ अहिले सम्भावित सबैतिर फरार दुवै जनाको खोजी भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र

बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार

परासीः स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन्

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट