प्रधानमन्त्रीको दुस्साहस खारेज भयो- नेता थापा



काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेता गगन कुमार थापाले संविधान विरुद्धको षडयन्त्रलाई सर्वोच्च अदालतले रक्षा गरेको बताएका छन् ।

सर्वोच्चको प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय सुनाएसँगै सबैलाई बधाई दिँदै उनले प्रधानमन्त्रीले सेटिङको शासन गरेको भन्दै संविधानको रक्षा गरेकोमा अदालतको प्रशंसा गरेका छन् ।

उनी भन्छन्– अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायलयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरी १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्